राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलनबीच आज एकता हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलनबीच आज एकता हुँदै

Kamal-Thapa-

काठमाडौं,१६ साउन । कमल थापा नेतृत्वको राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकीकरण हुने भएको छ ।

गत आइतबार राप्रपा नेपाल र मोर्चाबिच भएको सहमति अनुसार राष्ट्रिय सभागृहमा एकता हुन लागेको हो ।

आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणा दिउँसो २ बजेबाट औपचारिक कार्यक्रम सुरु हुनेछ । त्यसका लागि अन्तिम तयारी पुरा भएको राप्रपा नेपालले जनाएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकता भएको घोषणा गर्न लागिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);