काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले बढेको छ । आज ५.८४ अंकले नेप्से बढ्दा इन्डेक्स भने २१०६.१८ विन्दूमा कायम हुन पुगेको हो ।
नेप्से बढपनि आज कारोबार रकम भने निकै खुम्चिएको छ । आज १ अर्ब ८५ करोड ८० लाख २ हजार माथिको कारोबार भएको हो ।
आज १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ कम्पनीको सेयर मूल्य घटेको छ ।