काठमाडौं । सय केजी सुन प्रकरणपछि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका प्रमुख फेरिएका छन् ।
अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई भन्सार कार्यालयको नयाँ प्रमुखको जिम्मेवारी दिएको छ ।
यसअघिका अरुण पोखरेलको स्थानमा पाण्डेलाई खटाइएको हो । यसअघिका पोखरेल लामो समयदेखि बिदामा थिए ।




