काठमाडौं, ७ साउन । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो।
श्रेष्ठलाई सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए । योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।