कोशी विरुद्धको रिट रेग्मी र सुवेदीको संयुक्त इजलासमा | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

कोशी विरुद्धको रिट रेग्मी र सुवेदीको संयुक्त इजलासमा

काठमाडौँ, ७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको छ ।

असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै एमालेले असार २२ गते कोशी प्रदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेको थियो ।

एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीलगायतले परमादेशको माग गर्दै रिट दिएका थिए।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);