कस्तो रहला आज दिनभरको मौसम ! | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

कस्तो रहला आज दिनभरको मौसम !

काठमाडौं, १८ असार । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश लगायत वागमती र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);