काठमाडौं । पूर्वसभामुख अगिनप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको बताउनुभएको छ ।
६५ औं संसद दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पार्टीभित्र विचौलिया, माफिया मात्रै नभइ एकअर्कालाई आरेप लगाएरु मूल्य, मान्यता र आदर्शमाथि नै प्रहार भइरहेको बताउनु भयो ।
उहाँले लोकतन्त्र प्रवचनको विषय नभइ जीवन व्यवहार र नयाँ सभ्यता, संस्कृति र सिद्धान्त भएको बताउनु भयो । उहाँले लोकतन्त्र बलियो बनाउका लागि नेपालका राजनीतिक दलहरु प्रतिवद्ध हुन नसकेको बताउनु भयो ।
पूर्वसभामुख सापकोटाले कुनैपनि लाभका लागि सिद्धान्तको बली चढाउनु निर्लज्जताको कुरा भएको बताउनु भयो । उहाँले पछिल्लो समय राजनीतिक सिद्धान्तमा पनि विचलन भइरहेको बताउनु भयो ।




