काठमाडौं, ८ असार । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८३ पैसा र विक्रिदर १३१ रुपैयाँ ४३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ३ पैसा र विक्रिदर १४४ रुपैयाँ ६९ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८७ पैसा र विक्रिदर ८९ रुपैयाँ २८ पैसा रहेको बैंकले जनाएको छ ।