बालेनका कामः १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण, २५ नयाँ पार्क देखि सहज फुटपाथसम्म | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

बालेनका कामः १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण, २५ नयाँ पार्क देखि सहज फुटपाथसम्म

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले आफुले घोषणा पत्र अनुरुप गरेका बिभिन्न कामहरु सार्वजनिक गरेका छन् ।

अनधिकृतरुपमा प्रयोग भइरहेका सार्वजनिक जग्गाको संरक्षणमा महानगरले विशेष प्राथमिकताका साथ काम गर्दै आएका मेयर शाहको दाबी छ । जस अनुरूप चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

यस्तै घोषणा पत्रमा शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कहरूको निर्माण गर्ने उल्लेख गरेकोको सोही अनुरूप २५ वटा नयाँ पार्कको निर्माण भएको बताइएको छ ।

‘सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले १७०० वटा स्मार्ट सडकवत्ति जडान गरेको छ । यस्तै ४२ कि.मी. सडक कालोपत्रे, ७ कि.मी. नयाँ ढल निर्माण, १५०० मिटर फुटपाथ निर्माण भएका छन्,’ उनले भनेका छन् ।

सार्वजनिक शौचालयहरू र सामुदायिक विद्यालय भवनहरू निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकासका कार्यहरू सम्पन्न भएको जानकारी दिए । पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइएको छ ।

साथै, मेयर शाहले महानगर भित्र बस्ने आम मतदाताहरूको हितमा काम गर्दै आइरहेको दाबी गरेका छन् । महानगरपालिकाका मेयर बालेन्द्र साहले बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । उक्त नीति तथा कार्यक्रममा घोषणा पत्र अनुरुपका योजनाहरु समेटिएको बताइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);