आलु प्याजमा लगाएको कर सुधार गर्नुपर्छः डा.शेखर कोईराला | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

आलु प्याजमा लगाएको कर सुधार गर्नुपर्छः डा.शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दैै नेता कोईरालाले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु,प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताउनु भयो। उहाँले कुनै सुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए महँगो हुने दाबी गर्नुभयो ।

उहाँले अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलु,प्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो नभएको बताउनु भयो । उहाँले नेपाली जनताको भान्सा महँगो भएकाले सरकारले आलु,प्याजमा लगाएको कर तत्काल संशोधन गरेर जान माग गर्नुभयो। उहाँले सत्तापक्षका सांसदहरुले नै आफ्ना मागहरु सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्था काँग्रेस कसरी अगाडि बढ्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो। नेता कोईरालाले सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालयको शाखा बनाउँने विषयकोे बिरोध गर्नुभयो । उहाँले सरकारले जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरेर प्रशासन कार्यालयको शाखा बनाउदाँ कसरी निर्वाचन स्वच्छता र निश्पक्ष हुन्छ सरकारले बुझाउन आग्रह गर्नुभयो।

उहाँले अहिले देशले बाटो बिराएको जस्तो आफूलाई आभाष भएको बताउनु भयो। उहाँले मुलुकमा जवाफदेहिता,उत्तरदायित्व,सुशासन र दण्डहिन्ताको अन्त्य हुन नसके लोकतन्त्र सुदृढ हुन नसक्ने बताउनु भयो। उहाँले नेपाली काँग्रेस लोकतन्त्र सुदृढ बनाउन खरो रुपमा मैदानमा उत्रन आवश्यक रहेको बताउनु भयो। उहाँले मुलुकमा दण्डहिनता,सुशासन,भ्रष्टाचार मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);