हुँदै नभएको स्थानको नाममा पनि बजेट विनियोजन हुनु आपत्तिजनकः सोविता गौतम | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

हुँदै नभएको स्थानको नाममा पनि बजेट विनियोजन हुनु आपत्तिजनकः सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्ने गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

काठमाडौंमा वडा नम्बर ३५ भनेर हुँदै नभएको वडाको नाममा पनि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले असन्तुष्टि व्यक्त गर्नु भएको हो । शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले हुँदै नभएको ठाउँमा बजेट विनियोजन गर्ने र प्रिन्ट मिस्टेक भनेर सरकारले जवाफ दिने काम गरेकोमा आफूलाई पटक्कै चित्त नबुझेको बताउनु भयो ।

उहाँले बजेट पहुँचको आधारमा मात्रै विनियोजन गरिएको, भौतिक पूर्वाधारको विकास गर्दा प्राकृतिक सौन्दर्यको ध्यान दिन नसकेकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

सांसद गौतमले भन्नु भयो, ‘नेपालमा आवश्यक्ताको आधारमा भन्दा बढि विना अध्ययन, विना सर्भे, पहुँचका आधारमा बजेट विनियोजन भएको महशुस भएको छ । यतिसम्म लापरबाही कि हुँदै नभएको स्थानको सृजना गरेर समेत बजेट विनियोजन भएको जस्तो मैले महशुस गरेको छु । यहाँ यो रातो कितावमा एउटा ठाउँमा लेखिएको छ । काठमाडौं ३५ खहरे, मूलपानी… अन्यअन्य । तत्कालिन समयमा काठमाडौं ३५ थियो होला । संविधान जारी भएर दुइटा आवधिक निर्वाचन भईसक्यो । अझै पनि काठमाडौं ३५ ? कहाँबाट सृजना भयो ? यो हुँदै नभएको स्थान सृजना गरेर बजेट विनियोजन गरेको जस्तो । यो कुरा चाँही मलाई चित्त बुझेन । हुन सक्छ मैले कताकता न्यूजमा पनि सुनेको थिए–सरकारको तर्फबाट यो प्रिन्ट मिस्टेक भन्ने कुराहरु आएको छ । आज बजेटको सवालमा प्रिन्ट मिस्टेक भन्नु होला । भोली कानून पनि प्रिन्ट मिस्टेक भएर आउला । डर छ–भोली अदालतको फैसला प्रिन्ट मिस्टेक भएर आउँला । यसरी प्रिन्ट मिस्टेक भन्ने जस्तो गैरजिम्मेवार शब्द सरकारले प्रयोग गर्न मिल्दैन जस्तो भन्न मिल्दैन जस्तो लाग्छ, सम्माननीय सभामुख महोदय । त्यसैले यस्ता कुराहरुमा पनि सरकारलाई जिम्मेवार रहनका निम्ति म आग्रह गर्न चाहन्छु । अव जथाभावी डाँडा ताछेर बाटो बनाउने चलनको बारेमा त हामीले अघिदेखि व्यापक चर्चा गरिरहेका छौं । जथाभावी यो डाँडा ताछ्ने प्रवृत्तिले गर्दा नेपालको प्राकृतिक सुन्दरता यति कुरुप हुँदै गईरहेको छ कि त्यो तपाई हामीले सबैले देख्न सक्छौं । जता हे¥यो । हामीले प्लेनबाट हेर्दाखेरी पनि जथाभावी डाँडा ताछेको, भूक्षय भएको देख्दाखेरी कति मन दुखेर आउँछ ? त्यो तपाई हामी सबैले महशुस गरेको कुरा हो । अव यहाँ प्राकृतिक सुन्दरताको कुरा मात्रै होइन । जथाभावी बाटो खन्नाले गर्दाखेरी, नेपालको यो अव्यवस्थित सडक निर्माणले गर्दाखेरी नेपाली जनतालाई विरामी पनि बनाएको छ । विरामी कसरी बनायो भन्नुहुन्छ भने पानी प¥यो, सडक हिलो हुन्छ । हिजो भएपछि चिप्लेर लडिन्छ । घाईते भईन्छ । घाम लाग्यो, धुलो हुन्छ । त्यो धुलोले यति धेरै नेपाली नागरिकहरुको स्वास्थ्यमा प्रभाव पारिरहेको छ । त्यो नेपालको विभिन्न स्वास्थ्य तथ्यांकहरुले पनि देखाएको छ । के सरकारलाई अवगत छ ? नेपालमा मृत्यु हुने कारणहरु मध्ये स्वासप्रश्वास सम्बन्धि रोग चाँही प्रमुख कारणमा आउँछ भनेर । यो सरकारले कस्तो नीति लिएको हो ? नागरिकहरुलाई सधैं विरामी पार्ने । ती विरामी भएका नागरिकहरुका लागि सरकारले के नीति लिएको छ ? सडकको व्यवस्थित निर्माण गर्न नसक्नाले फोक्सोको विरामी, दमको विरामीलाई कति अप्ठ्यारो परेको छ । उनीहरुको जिम्मेवारी कसले लिने ? यसको जवाफ पनि सम्बन्धित मन्त्रीबाट म चाहन्छु । ’

सांसद गौतमले सडक निर्माणकै कारण नेपाली जनतामा ठूलो स्वास्थ्य समस्या आएको उल्लेख गर्दै त्यसको निराकरणका लागि के नीति लिएको छ ? भनि सरकारलाई प्रश्न समेत गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);