अदालतमा उपस्थित भए ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

अदालतमा उपस्थित भए ट्रम्प

एजेन्सी । गोप्य कागजातसँग सम्बन्धित आपराधिक मुद्दामा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मियामी अदालतमा उपस्थित भएका छन् ।

गोप्य कागजात मुद्दा प्रकरणमा भएको सुनुवाइपछि ट्रम्पलाई अदालतले निःशर्त बाहिरिने अनुमति दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सुनुवाइका क्रममा ट्रम्पले गोप्य कागजातको मामिलामा दोषी नभएको जिकिर गरेका छन् । । गोप्य कागजातको कथित छेडछाडसँग सम्बन्धित ३७ आरोपमा निर्दाेष रहेको ट्रम्पको भनाइ छ ।

ट्रम्पका वकिलले न्यायाधीश समक्ष यस मामिलामा दोषी नरहेको भन्दै आरोपलाई अस्वीकार गरेका छन् । यसअघि सुनुवाइका लागि मियामी पुगेर अदालतमा आत्मसमर्पण गरेपछि ट्रम्पलाई पक्राउ गरिएको थियो । सुनुवाइको क्रममा मजिस्ट्रेट न्यायाधीश जोनाथन गुडम्यानले ट्रम्पले आफ्ना सहयोगी वाल्ट नाउटुसँग मुद्दाको बारेमा कुरा गर्न रोक लगाएको बताइएको छ । न्यायाधीशले अभियोजकहरूलाई सम्भावित साक्षीहरूको सूची तयार गर्न पनि निर्देशन दिएका छन् ।

हालैका महिनाहरूमा ट्रम्प अदालतमा उपस्थित भएको यो दोस्रो पटक हो । यसअघि अप्रिलमा ट्रम्प न्यूयोर्कको अदालतमा उपस्थित भइसकेका छन् । ट्रम्पमाथि पोर्न स्टारलाई मौन बस्नका लागि ठुलो रकम दिएको आरोप लागेको थियो । आपराधिक मुद्दामा सङ्घीय न्यायाधीश समक्ष उपस्थित हुने ट्रम्प अमेरिकाको पहिलो पूर्व राष्ट्रपति हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);