अरब सागरमा बनेको चक्रवात गुजराततर्फ, ५ जनाको मृत्यु, १० किलोमिटरसम्मको क्षेत्र खाली गरिदैं | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

अरब सागरमा बनेको चक्रवात गुजराततर्फ, ५ जनाको मृत्यु, १० किलोमिटरसम्मको क्षेत्र खाली गरिदैं

एजेन्सी, ३० जेठ । अरब सागरमा बनेको चक्रवात विपरजोय गुजराततर्फ सरेको छ । यो आँधी १५ जुनको दिउँसो कच्छ जिल्लाको जाखाउ बन्दरगाहमा पुग्ने छ । यस अवधिमा १५० किलोमिटर÷घण्टाको गतिमा हावा चल्न सक्छ । त्यो भन्दा पहिले राम्रो कुरा यो हो कि आँधी अलि कमजोर भएको छ । यद्यपि यो अझै खतरनाक छ ।

आँधीका कारण गुजरात र मुम्बईको तटीय क्षेत्रहरूमा मेघगर्जनको अवधि जारी छ, जसमा पाँच जनाको मृत्यु भएको छ । गुजरातको तटीय जिल्ला कच्छ, पोरबन्दर, द्वारका, जामनगर, जुनागढ र मोरबीका आँधी प्रभावित क्षेत्रहरूबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

अहिलेसम्म ७६०० जनालाई स्थानान्तरण गरिएको छ । कच्छ–सौराष्ट्रका सामुद्रिक तटबाट १० किलोमिटर भित्रका गाउँका २३ हजार मानिसलाई आजदेखि स्थानान्तरण गरिने भएको छ ।  मंगलबार बिहान ९ बजेको मौसम पूर्वानुमान महाशाखाको अपडेट अनुसार हावाहुरी ८ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–पश्चिमतर्फ सरिरहेको छ ।

मङ्गलबार बिहान साढे ५ बजे आएको हावाहुरी पोरबन्दरबाट ३०० किलोमिटर, द्वारकाबाट २९० किलोमिटर, जाखाउ बन्दरगाहबाट ३४० किलोमिटर, नलियाबाट ३५० किलोमिटर टाढा थियो । मौसम विज्ञान विभागका अनुसार चक्रवात असार १४ गते बिहानसम्म उत्तरतर्फ सर्ने र त्यसपछि पुनकर्भित भएर उत्तर–उत्तर पूर्व दिशामा सर्ने सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);