महशुल नतिरेको भारतीय नम्बर प्लेटको स्कारपिओ नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

महशुल नतिरेको भारतीय नम्बर प्लेटको स्कारपिओ नियन्त्रणमा

काठमाडौं, ३० जेठ । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १ बिरेन्द्र चोकबाट सशस्त्र प्रहरीले जेठ २९ गते भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ ।

बैरियाबाट सिम्रौनगढतर्फ जादै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रंगको भारतीय स्कारपिओ गाडी भन्सार महसुल नतिरी चलाएको उक्त गाडी प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको गाडी आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);