भारतसँगको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकतावद्ध हुनुपर्छः सांसद सापकोटा | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८१, बुधवार

भारतसँगको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकतावद्ध हुनुपर्छः सांसद सापकोटा

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकतावद्ध हुनुपर्ने बताउनु भएको छ ।

सांसद सापकोटाले भारतले नेपालको भूमिसहितको नक्शा आफ्नो नयाँ संसदमा राखेर गम्भिर गल्ती गरेको समेत बताउनु भयो । भारतको सो कदम उसकै उन्नति, प्रगति र हितको पक्षमा नरहेको उहाँको भनाई थियो । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा भारतले सीमामा विवाद खडा गरेर बस्नु कुनै पनि अर्थमा सही नभएको बताउनु भयो । सांसद सापकोटाले भन्नु भयो, ‘म भन्न चाहन्छृु–भारतले जे ग¥यो, गल्ती ग¥यो । यसले भारतको उन्नति, प्रगति, हित छँदैछैन । किनभने विश्व बजारमा प्रतिष्पर्धामा जानुपर्ने बेलामा पुराना कुराहरुमा अल्मलिएर नक्शाको कुरामा मात्रै विवाद गर्ने भनेको भारत विश्व बजारको प्रतिस्पर्धामा आफूलाई खह्रो ढंगले लैजान सकिरहेको छैन भन्ने नै देखिन्छ । हाम्रा तर्फबाट कूटनीतिक ढंगले, राजनीतिक ढंगले सिंगो देश एकतावद्ध भएर नेपाली भएर भारतसँग वार्ता गर्नु पर्छ ।’

सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल गर्नु भएको पनि दोहो¥याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);