सरकारले कर नीति गरिबलाई झन गरिब बनाउने खालको भयोः सांसद सुमना श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

सरकारले कर नीति गरिबलाई झन गरिब बनाउने खालको भयोः सांसद सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताउनु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले गरिवलाई झन गरिव बनाउने गरी सरकारले कर नीति ल्याएको जिकीर गर्दै त्यसको विरोधमा आफूहरुले संसद बैठक समेत अवरुद्ध गर्न सक्ने चेतावनी समेत दिनु भयो ।

सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यन्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै सो नीति स्विकार्य नहुने बताउनु भयो । उहाँले गरिव किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ?भनि अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न समेत गर्नु भयो ।

सांसद श्रेष्ठले भन्नु भयो, ‘गरिवलाई कर थोपर्ने काम भयो । करको नियम कस्तो बनाएका छौं भने गरिव झन गरिव बनाउने, अनि कुपोषण निवारणको ठूल्ठूला कुरा गर्ने ? गरिवहरुको कथा सुनाउने दातृ संस्थाहरुलाई । गरिवलाई यसमा लेखिएको करले कसरी सहुलियत दिन्छ भनेर प्रक्षेपण देखाउनुस । अब त कस्तो भयो भने आफूले टार्गेट गरेको कर उठेन भने अब त अर्को वर्ष तपाईले सासमा पनि कर लगाउनु हुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटकपटक राजनीतिक हिसावले रोकिएको छ । जनताको लागि अब हामी रोक्छौं । यस्तो गरिबहरुलाई बढि गरिव बनाउने कर स्विकार्य छैन । यसको विरोध गर्छौ ।’

सांसद श्रेष्ठले गरिवीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरुलाई मारमा पार्ने काम हुनै नसक्ने बताउनु भयो ।

Leave a Reply