४ लाख धरौटी तिरेर रिहा भए मदन राई | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

४ लाख धरौटी तिरेर रिहा भए मदन राई

काठमाडौं, २३ जेठ । कृषि विज्ञको रुपमा चिनिएका खोटाङका मदन राई धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको एकल इजलासले राईलाई ४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीविरुद्ध सरकारी वकिलको कार्यालयले बालबालिकामाथि दुव्र्यवहार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको थियो ।

शुभद्रा मदन फाउन्डेसनका संस्थापक समेत रहेका राईलाई यौन दुव्र्यवहार गरेको अभियोगमा केही दिनदेखि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा दायर गरेको हो । उनीमाथि बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको आरोप लागेको छ ।

राईलाई बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क),(ग),(ङ) कसुर गरेको भन्दै दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय माग गरिएको छ । उनीमाथि बालबालिकाहरुलाई यौन कार्यको लागि फकाउने,दबाब दिने वा धम्क्याउने कार्य गरेको अभियोग लागेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);