काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग उर्जा व्यापार सम्झौता गर्न लागेको टिप्पणी गरेका छन् ।
प्रचण्डले भारत भ्रमणको क्रममा ‘पावर ट्रेड एग्रिमेन्ट’गर्न लागेको भन्दै आपत्ति बास्कोटाले आपत्ति जनाएका हुन् ।
बास्कोटाले एउटा ट्विट गर्दै प्रचण्डले तालुकदार मन्त्रालयलाई पनि गुमराहमा राखेर सम्झौता गर्न लागेको तर्क गरेका छन् ।
सचिव जर्मन,सहचिव बंगलादेश छन भन्दै उनले संसदमा सरकारले त्यसवारे जानकारी र छलफल गराउनुपर्ने धारणा राखेका छन् ।
‘प्रमको भारत भ्रमणका क्रममा उयधभच तचबमभ बनचभझभलत लामो समयका लागि गर्ने भित्री तयारी रहेछ।विडम्बना, तालुकदार मन्त्रालयलाई नै गुमराहमा राखेर ।
सचिव जर्मन,सहचिव बंगलादेश छन भन्ने सुनियो । संसद चालु छ,सरकारले त्यसवारे संसदमै जानकारी र छलफल गराए हुने हो नि प्राबधान के छन भनेर।सुटुक्क किन ?’–उनले लेखेका छन् ।




