प्रथम ललितपुर जुत्ता चप्पल मेला जेठ १७ देखि | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

प्रथम ललितपुर जुत्ता चप्पल मेला जेठ १७ देखि

काठमाडौं, १५ जेठ । आगामी ज्येष्ठ १७ गतेदेखि असार १७ गतेसम्म प्रथम ललितपुर जुत्ता चप्पल मेला–२०८० को आयोजना गरिएको छ ।

आईतवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुरको जावालाखेलमा उक्त मेला हुने जानकारी दिइएको हो । मेलामा ज्येष्ठ १७ गतेदेखि असार १७ गते एक महिनासम्म सञ्चालनमा आउने मेलाका संयोजक दिवाकर गिरीले बताउनु भयो। उहाँले आम जनतालाई स्वदेशी वस्तुको प्रयोग गर्ने भावनाको विकास गराउने उदेश्यले मेलाको आयोजना गर्न लागिएको बताउनु भयो। उहाँले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थतन्त्र चलायमान बनाउँदै व्यवसायीहरुलाई राहत दिने उद्देश्य पनि रहेको बताउनु भयो।

मेलामा नेपालमा नै उत्पादित चर्चित ९ वटा कम्पनी तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाइने छ । मेलामा ३ हजार भन्दा बढीका मेडल र डिजाइनका जुत्ता चप्पल उपलब्ध हुनेछन् । मेलामा २० देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ । मेला अवधिमा ३ लाखलाई मेलाको अवलोकन गराउने र ५ करोड बराबरको कारोबार गराउने लक्ष्य राखेको छ । मेलामा प्रवेश भने निःशुल्क रहेको आयोजकले बताएको छ ।

 

Leave a Reply

ताजा समाचार