एलवी मगर, २ वैशाख रोल्पा । रोल्पाबाट सुरु भएको आन्दोलनले मुलुकमा ठुलो परिवर्तन ल्यायो । तर विडमवना रोल्पाको जिल्ला अस्पतालको अवस्था भने जस्ताको तस्तै छ । २०३४ सालमा स्थापना भएको १५ सैयाको जिल्ला अस्पतालको भौतिक पुर्वाधारहरुको अवस्था जिर्ण त छदै छ । त्यसमा पनि हाल सम्म एक लाइन ल्याण्डलाईन टेलिफोन सेवा उपलब्ध नहुँदा इन्टरनेट सेवाको अभावमा कार्यालयको लेखा सम्वन्धी कार्यलाई दैनिक सुचारु गर्न समस्या भएको लेखा अधिकृत लुमप्रसाद ढकालको गुनासो रहेको छ ।
टेलिकम कार्यालय संग ल्याण्डलाई फोन सेवा विस्तारका लागि पटक–पटक माग गर्दा पनि कसनै सुनुवाइ नभएको र कार्यालयमा फोन सेवा उपलब्ध नहुँदा इन्टरनेट सेवाबाट कार्यालय वञ्चित रहेको कार्यालय प्रमुख डा. भवानी प्रसाद शर्मा बताउँनु हुन्छ । संविधानले स्वास्थ्य सेवालाई मौलिक अधिकारको रुपमा व्यवस्था गरेको भएतापनि एकलाईन टेलिफोन सेवाको सुविधा पाउन नसकेकोे जिल्ला अस्पताल रोल्पाले दुरदराजबाट आउने विरामीहरुलाई कस्तो स्वास्थ्य सेवा दिइरहेको होला भन्ने विषयमा सहजै अनुमान गर्न सकिन्छ ।