मोरङ । एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थिए एक व्यक्ति । यो घटना मोरङको बुढीगंगाको हो ।
डंग्राहाका ४० वर्षीय दिनेश माझीले निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग गरेका थिए । निर्माण गुणस्तरहीन भएको उनको आरोप छ ।
माझीलाई झार्ने प्रयासमा प्रहरी लागेको थियो । तर, उनी मानिरहेका थिएनन् । उनले आत्मदाह गर्ने चेतावनी समेत दिएका थिए । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष आएर माग पुरा गर्ने प्रतिबद्धता गरे पछि मात्र उनी १० घण्टा पछि ओर्लिएका छन् ।




