यौन दुर्व्यवहार मुद्दामा डोनाल्ड ट्रम्प दोषी ठहर | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

यौन दुर्व्यवहार मुद्दामा डोनाल्ड ट्रम्प दोषी ठहर

एजेन्सी, २७ वैशाख । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि म्यागजिन लेखिका ई जीन क्यारोलले यौन दुर्व्यवहार सम्बन्धि मुद्दामा दाषी ठहरिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार ट्रम्पलाई दोषी ठहर्याउँदै न्यूयोर्कको संघीय अदालतले क्यारोललाई ४१ करोड रुपैयाँ (५० लाख डलर) क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो ।

९ सदस्यीय निर्णायक मण्डलले ट्रम्पलाई यौन उत्पीडन र क्यारोलको मानहानिमा दोषी ठहर गरेको थियो। तर, निर्णायक मण्डलले ट्रम्पमाथि लागेको बलात्कारको आरोपलाई खारेज गरेको थियो ।
म्यागजिन लेखक जीन क्यारोलले सन् २०१९ मा ट्रम्पले सन् १९९६ मा म्यानहट्टनको डिपार्टमेन्ट स्टोरमा उनलाई बलात्कार गरेको आरोप लगाएका थिए । ट्रम्पले यी आरोपलाई ठाडै अस्वीकार गरेका छन् । उनले भने कि उनी क्यारोललाई चिन्दैनन् र उनलाई पसलमा भेटेका थिएनन्। उनले आफ्नो किताब बेच्नका लागि क्यारोलले झूटो कथा बनाएको बताएका थिए ।

यस मुद्दामा द्दछ अप्रिलमा सुनुवाइ सुरु भएको थियो। सुनुवाइका क्रममा दुई महिलाले ट्रम्पविरुद्ध गवाही दिएका थिए । पिपल म्यागजिनको रिपोर्टर नताशा स्टोइनफले सन् २००५ मा ट्रम्पले जबरजस्ती चुम्बन गरेको बताइन् । अर्की महिला जेसिका लिड्सले सन् १९७९ मा ट्रम्पले उनलाई चुम्बन गरेको र हातपात गरेको बताइन् ।

Leave a Reply