काठमाडौँ । प्रहरीले फरार सांसद टोपबहादुर रायमाझीको निवासमा खानतलासी गरेको छ ।
मंगलबार दिउँसो रायमाझीको सातदोबाटोस्थित निवासमा पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खानतलासी गरेको हो ।
अर्गाखाँचीको कार्यक्रममा रहेका रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार रहेका छन् । नक्कली शरणार्थी प्रकरणमा रायमाझीमाथि पक्राउ पुर्जी जारी गरिएको थियो । उनका छोरा सन्दीप रायमाझी प्रहरी नियन्त्रणमा छन् ।




