संखुवासभा । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा परि घाइते मध्य एकजनाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय भविन गुरुङको मृत्यु भएको हो । दुर्घटनामा दुई पाइलटसहित पाँचजना घाइते भएका थिए ।
संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन घिमिरेले यसबारे जानकारी दिएका छन् । माथिल्लो अरुण जलविद्युत आयोजनाको पावरको सामान लाँदै गर्दा हेलिकप्टर दुर्घटना भएको घिमिरेले बताए ।
घटनामा घाइतेमध्ये चार जनालाई काठमाडौं ल्याइएको छ ।
हेलिकप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारमा सेना र प्रहरीको टोली खटिएको छ ।