काठमाडौं । नेकपा एकिकृत समाजबादी पार्टीका नेता तथा सांसद मेटमणी चौधरीले शिर्ष नेताहरुका पछिल्ला दुई भेटले नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेतृत्व समेत संलग्नता रहेको हुनसक्ने आरोप लगाएका छन् ।
पूर्वमन्त्री समेत रहेका चौधरीले नेपालीलाई भुटानि शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न जोसुकै ब्यक्ति भएपनि कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन् ।
‘पहिलो चरणको अनुसन्धानमा तत्कालीन मन्त्री, मन्त्रीका स्वकिय र उच्चपदस्थ कर्मचारीहरू तानिएका छन् । हिजो र आज शिर्ष नेतृत्व तहमा देखिएको भेँटघाटले शिर्ष नेतृत्व समेत सलग्नता रहेको सजिलै अनुमान लगाँउन सकिन्छ,’ उनले लेखेका छन् ।
उनले उक्त कार्य स्वयं तत्कालीन नेपाल सरकारले नै सस्थागत रूपमा मन्त्रिपरिषदको बैठकले गरेको भन्दै स्वयं सरकार नै नेपालिलाई भुटानि बनाउने काममा लागिपरेको देखिएको बताएका छन् । ‘यसैले तत्कालिन सरकारको प्रधानमन्त्री, गृहमन्त्री समेत कारबाहिको लागि योग्य हुनुहुन्छ । उहाँहरूलाई पनि अनुसन्धानको दायरामा ल्याँउनुपर्दछ । नेपाली जनताहरूलाई जस्ताको तस्तै जानकारि गराँउनुपर्दछ,’ उनले लेखेका छन् ।