सनराइज सेक्युरिटिजसहित १३ ब्रोकर कम्पनीले पाए आशय पत्र | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

सनराइज सेक्युरिटिजसहित १३ ब्रोकर कम्पनीले पाए आशय पत्र

nepal security board

काठमाडौं, २१ वैशाख । नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई ब्रोकरको रुपमा काम गर्न आशय पत्र दिएको छ । बुधबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले १० वर्षपछि ब्रोकर कम्पनी थप्ने निर्णय गरेको हो ।

हाल बजारमा ५० ब्रोकर कम्पनी सञ्चालनमा छन् । अब बजारमा नयाँ १९ ब्रोकर कम्पनी पनि आशय पत्र पाउने क्रममा छन् । असोज महिनामै आवेदन मागेका ४५ मध्ये अहिलेसम्म २९ वटाले आशय पत्र पाएका हुन् ।

सनराइज सेक्युरिटिज, जेबिएनएल सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, स्टकस्टकार्टस सेक्युरिटिज, प्रोपर्टी बिजार्ड, क्यपिटल हब प्राली, मिल्की वे, ब्लूचिप सेक्युरिटिज, गरिमा सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, कलश स्टक मार्केट, मनि वर्ल्ड सेयर एक्सचेन्स, मियो सेक्युरिटिजले बुधबार आशय पत्र प्राप्त गरेका छन्।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);