काठमाडौं, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चालक दिलबहादुर थापा (शम्भु)को आज अन्त्येष्टि हुँदैछ । आज बिहान १० बजे अन्त्येष्टि गरिने रास्वपाले जनाएको छ ।
रविको चुनावी प्रचारका लागि चितवन पुगेका थापा गत वैशाख ४ गते बिहान आफै सुतेको छतबाट खसेर गम्भिर घाइते भएका थिए ।
भरतपुरमा उपचार गरिएपनि पछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा हेलिकप्टरबाट ल्याइएको थियो ।
सुरु देखि नै थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । केहीले थापाको हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।