रविले ४ महिनामा बढाए ४ हजार ८७६ मत | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

रविले ४ महिनामा बढाए ४ हजार ८७६ मत

काठमाडौं, १२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४ महिनाबीच दुईपटक सांसद बन्ने मौका पाए । उनी पुनः निर्वाचित हुने क्रममा यसअघिको मत भन्दा ४ हजार ८७६ मत बढी पाए ।

रविले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । त्यतिबेला रविले ४९ हजार ३ सय मत पाएका थिए । यसपटक रविले ५४ हजार १७६ मतसहित विजयी भएका हुन् ।

उनको निकटतम प्रतिद्धन्द्धी जितनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४३ हजार २५ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);