रविका सवारी चालकलाई काठमाडौं ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८१, शनिबार

रविका सवारी चालकलाई काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

लामिछानेको चितवन स्थित निवासको छतबाट खसेर गम्भिर घाइते भएका सवारी चालक शम्भु थापालाई हेलिकप्टरबाट काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा ल्याइएको रवि लामिछानेले जानकारी दिएका छन् ।

हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको तथा विरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सकहरुको सल्लाहमा हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको जनाइएको छ ।

‘प्रिय भाइ, हामी दुबैलाई हार्ने छुट छैन। यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक एकलाई चिनाउनु छ, छिटो ठिक भएर फर्क मेरो भाइ । अस्पतालमा चिकित्सक होइन भगवानहरु रहेछन्,’ रविले लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);