गोविन्द भट्टराईले पारे भेटघाटलाई तीव्र | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

गोविन्द भट्टराईले पारे भेटघाटलाई तीव्र

काठमाडौं, २६ चैत्र । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोबिन्द भट्टराईले घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन् ।

उम्मेदवारी दर्ता गराएसँगै जनताको घरदैलो, खेतबारीमा पुगेर भट्टराईले मत माग्ने कार्यमा ब्यस्त छन् । आज एकबिहानै देखि भट्टराई आँबुखैरेनीको जनताको दुःख, अभाव, सम्भावनालाई खोज्दै, बुझ्दै घरदैलो अभियानमा जुटेका छन् ।

गत मंसिर ४ गते सम्पन्न भएको प्रनितिधि सभा निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको सांसद पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply

ताजा समाचार