नागरिकता सम्बन्धी कानून संसदको यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

नागरिकता सम्बन्धी कानून संसदको यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण

gagan thapa

काठमाडौं । प्रतिनिधि सभा सदस्य गगन थापाले नागरिकता सम्बन्धी कानून संसदको यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य थापाले यस्तो सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो – ‘हाम्रो बिचमा समझदारी भइसकेको जन्मसिद्धका सन्तानहरुले संविधानत्ः नागरिकता पाउनुपर्ने कुरालाई कार्यान्वयन गर्न आमाको नाममा नागरिकता पाउनुपर्ने विषयहरुलाई कार्यान्वयन गर्ने सन्दर्भ जसमा हामी एकमत छौँ । ति विषयहरुलाई मात्र समेटेर भएपनि सरकारलाई अविलम्ब संसदबाट पारित गर्ने गरीकन नागरिकता सम्बन्धी कानून यही सदनमा, यही सत्रमा टेबल गर्नका लागि म गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु ।’

उहाँले राजनीतिक दलहरुका बिचमा सहमती भइसकेका विषयहरुलाई समेटेर नेपाली बाबुआमा बाट जन्मिएका सन्तानलाई नागरिकता दिनुपर्ने बताउनुभयो ।

Leave a Reply