काठमाडौं, १३ चैत्र। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न आज बिहान सभामुख घिमिरे प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । भेटमा समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।
मन्त्रीमण्डल विस्तार गर्न लागिएको समयमा प्रधानमन्त्री र सभामुखको भेट हुनुलाई निकै अर्थपुर्ण मानिएको छ। सभामुखको अधिकार कटौती गर्न कार्य व्यवस्था समितिको परामर्श चलिरहेको छ ।




