काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदको दृश्य बदलिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
जारी प्रतिनिधि सभामा बोल्दै उपसभापति अर्यालले खाली कुर्सी अनि मोबाइल चलाइरहेका र निदाइ रहेका सांसदको दृश्य हेर्न जनताले नपठाएको भन्दै संसदको दृश्य बदलिनुपर्ने बताउनुभएको हो ।
उहाँले संसदलाई आम जनताको चाँसोको विषय बनाउनु पर्नेमा भन्दै सांसदहरुलाई ध्यानाकर्षण गराउनुभएको थियो । साथै, आजको संसदमा बोल्नेक्रममा पार्टी सभापति रवि लामिछानेलाई समेत स्मरण गरेका थिए । उपनिर्वाचन मार्फत रवि अध्याधिक मत ल्याएर संसदमा पुनः प्रवेश गर्नेमा आफुहरु ढुक्क रहेको उहाँको भनाई थियो ।
अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने जानकारी दिनुभएको थियो । साथै, उहाँले प्रधानमन्त्रीले इमानदारिता गुमाएको दिन सरकारबाट बाहिरिने समेत जानकारी दिनुभयो ।