काठमाडौं, २६ फागुन । आज निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउँने भएको छ ।
राष्ट्रपति निर्वाचनबाट बिहीबार नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल निर्वाचित भएको भोलिपल्ट शुक्रबार मतपरिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।