ललितपुर महानगरपालिकाका सातौं तहका कर्मचारी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

ललितपुर महानगरपालिकाका सातौं तहका कर्मचारी पक्राउ

काठमाडौं, २६ फागुन । ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीबाट एक लाख रुपियाँ लिएको भन्ने उजुरीको आधारमा अख्तियारले पक्राउ गरेको थियो । यस विषयमा थप अनुसन्धान गर्ने आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);