काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत जारी त्रिकोणत्मक सिरिजमा यूएईविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले दोस्रो ओभरमै एक विकेट गुमाएको हो । नेपालका लागि सोमपाल कामीले विकेट लिएका हुन् । तेस्रो ओभरको समाप्तीमा यूएईले ४ रन जोडेको छ ।
खराब सुरुवात गरेको नेपालको ब्याटिङलाई भीम सार्कीले सम्हालेका थिए । उनले ९९ बलमा ७० रन बनाउन सफल भए ।साथै, कुशल मल्लले ३२ रन बनाउँदा सन्दीप लामिछानेले २७ रन बनाए ।
यस्तै करण केसी १७ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन जोड । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालले लिग टू शृंखलाको शीर्ष तीनभित्र रहनका लागि आजको खेल जित्नैपर्ने दबावमा रहेको छ ।




