बिथोलिएको राजनीति सही ट्याकमा आएको छ : नेता सिंह | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

बिथोलिएको राजनीति सही ट्याकमा आएको छ : नेता सिंह

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिथोलिएको राजनीतिक वाताबरण सही ट्याकमा आएको बताउनु भएको छ । सिरहाको कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनुषा पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

निर्वाचनमा जाने बेला जुन गठबन्धन बनेको थियो त्यहि गठबन्धनलाई म्यान्डेट पाए पनि केहि समय असहजता तर्फ राजनीति अघि बढेपनि अहिले जनताको जनमत अनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको बताउनु भएको छ । अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने समेत उहाँले बताउनु भएको छ ।

रास्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेको जित सुनिश्चित रहेको समेत बताउदै अब कुनै दुबिधा नराख्न समेत आग्रह गर्नु भएको छ । सरकार पनि आठ दल बिचको समझदारी जे छ सोहि अनुरुप अगाडि बढ्ने समेत बताउनु भएको छ । अहिले मुलुकको अर्थतन्त्र संकटमा रहेकाले बिग्रिएको परिस्थितिलाई समालेर जानू पर्ने चुनौति रहेको बताउनु हुँदै अब सरकारको पहिलो काम नागरिकमा आशा जगाउनु पर्ने गरि काम गर्नु पर्ने रहेको बताउनु भएकोछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);