काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिनुभएको बताउनुभएको छ ।
शुक्रवार संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समथृन गर्न सकारात्मक रहेको दाबी गर्नुभएको हो । सांसद महतले राष्ट्रपतिको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने अपेक्षा राखेको पनि बताउनु भयो ।
उहाँले काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने कुरामा अन्य दलहरु पनि सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले आज साँझ बस्ने चार दलीय बैठकले सो निर्णइ गर्नेपनि बताउनु भयो । उहाँले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिका लागि योग्य भएको पनि बताउनु भयो ।
सांसद महतले संविधानको रक्षाका लागि नेपाली काँग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको बताउनु भयो ।