आईपीएस बुवालाई पास आउट हुँदा छोरीले सलाम ठोकेको भिडियो भाइरल | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८१, सोमबार

आईपीएस बुवालाई पास आउट हुँदा छोरीले सलाम ठोकेको भिडियो भाइरल

एजेन्सी । भनिन्छ, हरेक बुवाको सपना हुन्छ कि आफ्नो सन्तान आफ्नो खुट्टामा उभिने र आफ्नो छुट्टै स्थान हासिल गरोस् । छोरा वा छोरी आफैं आत्मनिर्भर बन्नु बुबाका लागि निकै गौरवको क्षण हो । यस्तै एउटा भिडियो भारतीय प्रहरी सेवा (आईपीएस) अधिकारी जीपी सिंहले आफ्नो ट्वीटरमा सेयर गरेका छन्, जसलाई मानिसहरुले निकै मन पराइरहेका छन् ।

आईपीएस जीपी सिंहले ट्वीटरमा एउटा भिडियो सेयर गरेका छन्, जसमा उनले आफ्नी छोरी ऐश्वर्या सिंहबाट सलामी लिइरहेका छन् । यस अवसरमा उनले लेखेका छन्, ‘आज हैदरावादको सरदार वल्लभभाई पटेल नेसनल पुलिस एकेडेमीबाट पास आउट हुँदा मेरी छोरीबाट सलाम लिएको छु । यो क्षणलाई वर्णन गर्न मसँग शब्द छैन। शब्दहरूले मलाई असफल पार्छ ।’

ट्विटरमा आईपीएस जीपी सिंहको यो भिडियो अहिलेसम्म २ लाख ६६ हजारभन्दा बढीले हेरिसकेका छन् । यस क्रममा उक्त भिडियोलाई १० हजारभन्दा बढी पटक लाइक र ८३२ पटक रिट्वीट गरिएको छ । धेरै प्रयोगकर्ताहरूले बाबु–छोरीलाई बधाई दिएका छन् र यसलाई गर्वको क्षण भनेका छन्।

समीरन मिश्रले लेखेका छन्,‘कति सुन्दर पल!’ डा. जुरी शर्मा बोर्डोलोईले लेखे– ‘सुगाका लागि धेरै गर्वको क्षण!’, मनन भट्टले लेखेका छन्–‘जय हिन्द सर, बुबाका लागि योभन्दा गर्वको क्षण अरु केही हुन सक्दैन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);