राहुल गान्धी प्रधानमन्त्री बन्ने कश्मीरीको आशा | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

राहुल गान्धी प्रधानमन्त्री बन्ने कश्मीरीको आशा

एजेन्सी । भारतीय नेता राहुल गान्धीको भारत जोडो यात्रा ३० जनवरीमा जम्मू कश्मीरको श्रीनगरमा समाप्त भएको छ । सेप्टेम्बर ७ मा तमिलनाडुको कन्याकुमारीबाट सुरु भएको यो यात्राले करिब ३५७० किलोमिटरको दूरी तय गरेको थियो। जब यात्रा श्रीनगर पुग्यो, यसले अचम्मको प्रतिक्रिया पायो। यहाँ भारी हिमपात भएपछि पनि काश्मिरका मानिसहरू यात्रामा सहभागी भएका थिए।

कुल १४६ दिनको यो यात्रामा राहुलले १४ राज्यको सिमाना छोएका छन् । जसमा तमिलनाडुको कन्याकुमारीदेखि केरला, आन्ध्र प्रदेश, कर्नाटक, तेलंगाना, महाराष्ट्र, मध्य प्रदेश, गुजरात, राजस्थान, यूपी, दिल्ली, हरियाणा, पञ्जाब र जम्मू कश्मीरसम्म पर्दछन्। राहुल गान्धी प्रधानमन्त्री बन्ने कश्मीरीहरुले ठुलो आशा गरेका छन् ।

Leave a Reply