चिनियाँ दूतावासद्धारा नयाँ वर्षको अवसरमा स्वागत समारोहको आयोजना | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

चिनियाँ दूतावासद्धारा नयाँ वर्षको अवसरमा स्वागत समारोहको आयोजना

काठमाडौं, माघ ६ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङलाई स्वागत तथा चिनियाँ नयाँ वर्ष (इयर अफ द र्बिट) मनाउन काठमाडौंस्थित जनवादी गणतन्त्र चीनको राजदूतावासले स्वागत समारोह आयोजना गरेको छ ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र डा बाबुराम भट्टराई, वर्तमान मन्त्रीहरु, सांसदहरु, पूर्वमन्त्रीहरु, नेपालमा रहेका विभिन्न देशका कूटनीतिज्ञहरु, नेपाली सेनाका वरिष्ठ अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा चीनको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । त्यसैगरी राजदूत चेनले नेपालीले चीनप्रति देखाएको सद्भावनाबाट आफू प्रभावित भएको बताउँदै बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) ढाँचाअन्तर्गतका आयोजनाहरू द्विपक्षीय साझेदारीमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

 

Leave a Reply