काठमाडौं, १ माघ । यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त सेती नदीको खोचबाट ६८ जनाको शव फेला परिसकेको छ । उनीहरुको शव अस्पताल लगिएको छ ।
विमानमा सवार ४ जनाको स्थिति अझै अज्ञात छ । उनीहरुको खोजीकार्य जारी रहेको जनाइएको छ ।
चालकदलका ४ सदस्यसहित ७२ जना विमानमा थिए । अवतरणका क्रममा अनियन्त्रित भएको जहाज खसेको थियो ।