काठमाडौं । थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरूले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गरेका छन् । पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै प्रचण्डले पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरको रूपमा मनाउन अपील गरेका छन् ।
आइतबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धि सरका्रको प्रमुख लक्ष्य रहेको पनि स्पष्ट पारेका हुन् । प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धि सरका्रको प्रमुख लक्ष्य रहेको पनि स्पष्ट पारेका हुन् । प्रधानमन्त्री प्रचण्डले माघी पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गरेका छन् । सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिल्ने पनि विश्वास लिएका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन् । यी चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न–भिन्न भेग र समुदायमा भिन्न–भिन्न ढंगले मनाउने प्रचलनसमेत रहेको छ ।
माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि ताजा जनादेशको जगमा वर्तमान सरकार गठन भएको छ । सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको छ । प्रतिनिधिसभाबाट अभूतपूर्व विश्वासको मत प्राप्त गरेको वर्तमान सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको पनि उनले स्पष्ट पारेका छन् ।