बाग्मतीको सभामुखमा कांग्रेसका अधिकारी र नेमकिपाका सायजुले दर्ता गरे उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

बाग्मतीको सभामुखमा कांग्रेसका अधिकारी र नेमकिपाका सायजुले दर्ता गरे उम्मेदवारी

काठमाडौं । बाग्मती प्रदेशको सभामुख र उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयमा आज बिहान साढे १० बजेदेखि दिउँसो २ बजे सम्मका लागि मनोनयन दर्ता समय तोकिएको छ ।
सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्णा चित्रकार छन्।

त्यस्तै, सभामुखमा नेपाल मजदुर किसान पार्टीका सांसद सृजना सायजुले उम्मेदवारी दर्ता गरेकी छिन् । उनले संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली २०७४ को नियम ७ को उपनियम २ बमोजिम सभामुुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनको समर्थकमा गीता काफ्ले र प्रस्तावकमा सुरेन्द्रराज गोसाइ रहेका छन् ।

त्यस्तै, मनोनयन फिर्ताका लागि साढे २ बजेदेखि साढे ३ बजेसम्मको समय छट्टुाइएको छ । ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने प्रदेस सचिवालयको कार्यसुची रहेको छ ।

प्रदेश सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् । सत्तारुढ दलबीचको सहमतिमा सभामुुख राप्रपाको भागमा परेको थियो । राप्रपाले बुधबारमात्र उम्मेदवारको टुंगो लगाएको हो ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन तथा हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० प्रदेशसभा सदस्य रहेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);