काठमाडौं,११ पुस । एनआइबिल क्यापिटल लिलामीको सेयरमा यही पुस ११ गतेदेखि १८ गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।
लिलामी सेयरको बिक्री प्रबन्धक एनआइबिल क्यापिटल मार्केट रहेको छ । एनआईबिल क्यापिटल लाजिम्पाट, शाखा कार्यालय लगनखेल र चिप्लेढुङ्गा पोखरा तथा आरएसडिसीको कार्यालय बुटवल तथा नेपाल इन्भेष्टमेष्ट बैंकको शाखाहरु विराटनगर, वीरगञ्ज, सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढीबाट लिलामीमा आवेदन गर्ने व्यवस्था रहेको छ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य अंकित गरि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । हाल दोस्रो बजारमा यो कम्पनीको सेयर प्रति कित्ता १२३९ रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।
लघुवित्तले गत असोज २ देखि कात्तिक २० गतेसम्म हकप्रद बिक्री आब्हान गर्दा अवितरित सेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।
चालु आर्थिक बर्षको प्रथम त्रैमासमा आरएसडिसीले ५६ लाख ८५ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७७ पैसा छ ।