पूँजीबजारमा गैरआवासिय नेपाली सघंले तत्काल संस्थागत लगानी गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पूँजीबजारमा गैरआवासिय नेपाली सघंले तत्काल संस्थागत लगानी गर्ने

काठमाडौ, ११पुस। गैरआवासिय नेपाली सघंले पूँजीबजारमा तत्काल १० अर्ब रुपैया संस्थागत लगानी गर्ने भएको छ । संघका अध्यक्ष भट्टले एनआरएनको तर्फबाट पुँजी बजारमा संस्थागत लगानी गर्न स्पष्ट नीतिगत र कानुनी आधार तय गरिदिन समेत माग गरेका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनहरुले नेपालको पुँजी बजारमा संस्थागत रुपमा लगानी गर्ने इच्छा व्यक्त गरेका छन् । निश्चित फन्ड बनाएर सुरुमा संस्थागत रुपमै १० अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले जानकारी दिनुभएको हो । धितोपत्र बोर्डमा भएको छलफलमा संघका अध्यक्ष भट्टले एनआरएनको तर्फबाट पुँजी बजारमा संस्थागत लगानी गर्न स्पष्ट नीतिगत र कानुनी आधार तय गरिदिन समेत माग गरेका छन् । गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारी र धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसहितका उच्च पदाधिकारी बीच यस विषयमा छलफल भएको धितोपत्र बोर्डले जानकारी दिएको छ । छलफल कार्यक्रममा बोर्डका अध्यक्ष डा. कार्कीले नेपाली पँुजी बजार क्रमशः फड्को मार्ने क्रममा रहेको जानकारी गराउनुभएको छ । सो क्रममा एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएन साथीहरु नेपालको पँुजी बजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेकोले सो को लागि वोर्डले आवश्यक नीतिगत व्यवस्था गरिदिन अनुरोध गर्नु भएको थियो । उक्त अवसरमा बोर्डका अध्यक्ष डा. कार्कीले हालसालै पँुजी बजारमा पूर्ण स्वचालित कारोवार, सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण, विदेशी वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने कानुनी व्यवस्था र बजार विस्तार तथा पहुंचमा बृद्धि जस्ता संरचनात्मक सुधार कार्यहरु भई धितोपत्र बजार लगानीका लागि बढी आकर्षक हुदै गएको सन्र्दभमा एनआरएनको पछिल्लो प्रस्तावलाई सकारात्मकरुपमा लिदै नेपालको धितोपत्र वजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न वोर्डले कार्य अगाडि वढाई सकेको जानकारी गराउनु भएकोछ । साथै उहाँले एनआरएनले बोर्डबाट के कस्तो अपेक्षा गरेको हो लिखितरुपमा जानकारी गराउन तथा उपयुक्त व्यवस्था सम्बन्धमा सुझाव समेत पेश गर्न आग्रह गर्दै यस सम्बन्धमा निरन्तर छलफल तथा भेटघाट गर्दै जाने तथा प्राप्त सल्लाह तथा सुझावहरुको सम्बन्धमा अध्ययन गरी आवश्यकता अनुसार उपयुक्त कदम चाल्दै जाने वताउनु भएको थियो । एनआरएनका लागि पुँजी बजारमा लगानी खुला गर्ने सम्बन्धमा धितोपत्र बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालयका प्रतिनिधि तथा विज्ञ संलग्न समिति गठन गरिसकिएको पनि जनाइएकोछ । यो समितिले आवश्यक अध्ययनसहित प्राथमिक बजारमा लगानीका अवसर उपलब्ध गराउन वैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा बनाउने कार्य समेत थालेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);