काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीमा शिक्षक पदमा दरखास्त आह्वान गरेको छ ।
आयोगले खुल्ला तथा समावेशी प्रतियोगिताद्धारा स्थायी पदपुर्तिका लागि योग्यता पुगेका नागरिकहरुको लागि आवेदन खुलाएको हो । आजदेखि आवेदन दिन सकिन्छ ।
उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विवरण भरेर दरखास्त दिन सक्ने आयोगले जानकारी दिएको छ ।