सुदुरपश्चिममा नागरिक उन्मुक्तिको मुख्यमन्त्रीमा पुग्ला त दाबी ! | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

सुदुरपश्चिममा नागरिक उन्मुक्तिको मुख्यमन्त्रीमा पुग्ला त दाबी !

काठमाडौं । केन्द्रीय सत्ता समिकरण फेरिएसँगै प्रदेश सरकार नेतृत्वको पनि समिकरणमा हलचल आउने भएको छ ।

नेकपा एमालेलगायत सात दलको समर्थनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा आइतबार नयाँ सरकार गठन भएपछि नेपाली कांग्रेस केन्द्रदेखि सातै प्रदेशसम्म सत्ता बाहिर बस्न पर्ने देखिएको हो ।

नयाँ गठबन्धनमा आबद्ध दलहरुले सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरिरहेका छन् । प्रदेशमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले नेतृत्व दाबी गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी चौथो स्थानमा भएपनि सरकार गठनमा निर्णायक शक्ति बनेको छ । सबैभन्दा धेरै १९ सिट नेपाली कांग्रेसले जित्दा एमालेले १०, नागरिक उन्मुक्तिले ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सदस्य निर्वाचित भएका छन् ।

माओवादी केन्द्र र एमाले नेतृत्वको सत्तासाझेदार दलहरुलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरे आवश्यक बहुमत जुटाउन हम्मेहम्मे पर्ने देखिन्छ ।

माओवादी केन्द्र, एमाले र राप्रपाको सिट जोड्दा कुल २२ मात्रै पुग्छ । सो प्रदेशमा बहुमतका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ । उक्त प्रदेशमा ५३ सदस्य छन् । ठुलो दल नेपाली कांग्रेसको १९ र नेकपा समाजवादीका ४ सिट जोड्दा पनि नयाँ सरकार गठनका लागि बहुमत पुग्दैन् ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);