बिन्दु अधिकारी \ माउण्टेन टिभी एचडि।
काठमाडौँ, पौष १३। नेपाल चिकित्सक संघको २९ औं निर्वाचन माघमा हुँदैछ। १९ कार्यकारी पदका लागि विभिन्न राजनितिक दलसँग निकट समूहका तर्फबाट उम्मेदवारी परेको छ।
तर, निष्पक्ष र स्वतन्त्र हुनु पर्ने चिकित्सक सघ राजनितिक दलको प्रभाव र दबाबले गर्दा जित्ने पदाधिकारीले न त स्वच्छ भएर काम नै गर्न सकेका छन् न स्वास्थ्य क्षेत्रको स्तरोन्नती नै हुन सकेको छ।