काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास वालुवाटार बिहीबार छाड्ने भएका छन् ।
बुढानिलकण्ठस्थित देउवाको निजि निवास मर्मत भइरहेकोले धुम्बाराईस्थित भाडाको घरमा सर्न लागेको देउवाको सचिवालयले जनाएको छ ।
मर्मतका लागि अझै चार महिना लाग्ने भएकोले नयाँ घर खोजिएको हो ।
आइतबार नेकपा एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।
देउवा सरकारी निवासबाट नसरेकोले नवनियुक्त प्रधानमन्त्री दाहाल खुमलटारमै बसेका छन् ।




